
१८ जेठ, काठमाडौं । प्रतिनिधिसभामा आइतबार अमर्यादित गतिविधि भएको भन्दै छानबिनका लागि समिति गठन भएको छ ।
प्रतिनिधिभाका सचिव प्रकाश अधिकारी संयोजक रहेको समिति गठन भएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए । प्रतिवेदन बुझाउन समितिलाई ७ दिनको समय दिइएको छ ।
“…आजै सो विषयका सम्बन्धमा मुचुल्का तयार भइसकेकाले यस विषयमा थप जाँचबुच गरी सात दिनभित्र सभामुखसमक्ष प्रतिवेदन पेस गर्ने गरी प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको व्यहोरा जानकारी गराउँछु, सभामुख अर्यालले बैठकमा भने ।
साथै, प्रतिवेदन प्राप्त भएपछि नियावली ३३ (४) क बमोजिम आवश्यक कारबाही अघि बढाउने जानकारी गराए ।
आइतबार प्रतिनिधिसभा नियमावली जबरजस्ती पारित गर्न खोजेपछि संसद्मा तनाव भएको थियो । विपक्षी सांसद्ले सभामुखको माइक खोस्न खोजेका थिए । सांसदहरूबीच पनि धक्कामुक्की भएको थियो । कुर्सी समेत उचालेका थिए ।





























