Skip

Hamro Sanchar

मध्यरातमा प्रधानमन्त्री बालेन्द्रको फेसबुक स्टाटस् : ‘ढुक्क हुनुस्’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १६ गते


Advertisement

१६ जेठ, काठमाडौं । सरकारले शुक्रबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मध्यरातमा फेसबुक स्टाटस् लेखेका छन् ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरिसकेपछि राति प्रधानमन्त्री बालेनले फेसबुकमा सम्पुर्ण नागरिकलाई ‘ढुक्क हुनु आग्रह गरेका छन्।

बजेट प्रस्तुतिलगत्तै त्यति मात्र लेखेका उनले सम्भवतस् सरकारले जनताका लागि राम्रै गर्ने भन्दै शंका नगर्न भनेका बुझीन्छ।

सरकारको नीति तथा कार्यक्रमको जवाफ दिन संसद्‌मा उपस्थित नभएको भन्दै विपक्षीले विरोध गरिरहेका बेला शुक्रबार बजेट प्रस्तुत गर्ने बेला भने प्रधानमन्त्री बालेन संसद्‌को संयुक्त बैठकमा सहभागी भएका थिए।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र०८४ को लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका छन्।

यो उनको पहिलो बजेट हो। अर्थमन्त्री वाग्लेले चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत बजेट विनियोजन गरेका हुन्।

 

 


प्रतिकृया दिनुहोस्