Skip

Hamro Sanchar

लागुऔषधसहित १३ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २८ गते


काठमाडौ । देशका विभिन्न थानबाट प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झापा, रुपन्देही, सुनसरी र कञ्चनपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

अभियुक्तहरुबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ ।


प्रतिकृया दिनुहोस्