Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

स्याङ्जा क्षेत्र नं. २ का लागि रास्वपाले सिफारिस गरेका दुई मध्ये तोयानारायण पौडेल अब्बल

सुदिप बर्देवा प्रकाशित : २०८२ पुष, ३० गते


Advertisement

काठमाडौं, पुस ३०- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट सिफारिस गरिएका दुईजना मध्ये तोयारानारायण पौडेल अब्बल उमेदवारका रुपमा अगाडि देखिएका छन् ।

रास्वपाले स्याङ्जा क्षेत्र नं. २ का लागि सिफारिस गरेका दुई सम्भावित उम्मेदवारमध्ये तोयानारायण पौडेल स्पष्ट नीति, दीर्घकालीन दृष्टि र कार्यान्वयनमुखी सोचका कारण अब्बल उम्मेदवारका रूपमा देखिन थालेका हुन् । रास्वपाले पौडेल  र वालिङकै झविलाल डुम्रेको नाम सिफारिस गरेको छ।

पार्टीभित्र मात्र होइन, स्थानीय तहका बुद्धिजीवी, युवा तथा विकासप्रेमी नागरिकबीच पौडेलको नामलाई व्यवहारिक, जिम्मेवार र विकासमुखी नेतृत्वका रूपमा मूल्याङ्कन गर्न थालिएको छ। उनको पछिल्लो समय सार्वजनिक भएको स्याङ्जा जिल्लाको समग्र, समावेशी र दिगो विकाससम्बन्धी नीति तथा कार्ययोजनाले उनलाई अन्य सिफारिस उम्मेदवारभन्दा फरक र बलियो बनाएको विश्लेषण गरिएको छ।

नीतिमा आधारित उम्मेदवारी

तोया नारायण पौडेलको विशेषता भनेको चुनावी नारामा सीमित नभई नीति, योजना र स्पष्ट कार्यदिशासहितको उम्मेदवारी प्रस्तुत गर्नु हो। उनले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि र विपद् व्यवस्थापनलाई समेट्ने विस्तृत विकास खाका सार्वजनिक गरिसकेका छन्।

सिद्धार्थ राजमार्ग स्तरोन्नति, नदी करिडोर विकास, वालिङ–चापाकोट–स्याङ्जा बजारलाई आधुनिक सहरका रूपमा विकास गर्ने दीर्घकालीन गुरुयोजना उनको दृष्टिकोणको केन्द्रमा रहेको छ।

युवा, शिक्षा र रोजगारीप्रति स्पष्ट प्रतिबद्धता

स्याङ्जाबाट बढ्दो युवा पलायनलाई गम्भीर चुनौतीका रूपमा लिँदै पौडेलले रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन र सीपमूलक शिक्षालाई प्राथमिकता दिएका छन्। कृषि आधुनिकरण, सहुलियत कर्जा, प्रविधि हस्तान्तरण र विदेशबाट फर्किएका युवालाई स्वदेशमै केही गर्ने वातावरण निर्माण गर्ने उनको नीति व्यवहारिक र समयसापेक्ष मानिएको छ।

शिक्षा र स्वास्थ्यलाई विकासको आधार मानेर सरकारी र निजी विद्यालयबीचको गुणस्तर अन्तर घटाउने, विद्यालयमा स्टाफ नर्सको व्यवस्था गर्ने तथा स्याङ्जामा आंगिक कलेज र शिक्षण अस्पताल स्थापना गर्ने उनको प्रस्तावले मतदाताको ध्यान आकर्षित गरेको छ।

रास्वपाको मूल्य र पौडेलको दृष्टिकोण

रास्वपाले अघि सारेको सुशासन, पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी राजनीतिक संस्कारसँग पौडेलको विकास सोच मेल खाने विश्लेषकहरूको भनाइ छ। डिजिटल शासन, सार्वजनिक सेवामा पारदर्शिता, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग र समुदायसँग प्रत्यक्ष संवाद गर्ने उनको शैली पार्टीको मूल मर्मअनुकूल देखिन्छ।

स्थानीय स्वीकार्यता र बढ्दो समर्थन

वालिङ क्षेत्रबाट सुरु भएको पौडेलको सक्रियता अहिले क्षेत्र नं. २ का विभिन्न पालिकामा चर्चा र बहसको विषय बनेको छ। “भाषणभन्दा योजना, आरोपभन्दा समाधान” भन्ने उनको दृष्टिकोणले विशेषतः युवावर्ग र सचेत मतदातालाई आकर्षित गरिरहेको स्थानीय जानकारहरूको भनाइ छ।

अब्बल उम्मेदवारका रूपमा उदीयमान

रास्वपाले सिफारिस गरेका चार उम्मेदवारमध्ये तोया नारायण पौडेल स्पष्ट दृष्टि, लिखित नीति प्रस्ताव, स्थानीय आवश्यकता बुझेको नेतृत्व र कार्यान्वयनप्रतिको प्रतिबद्धता का कारण अब्बल उम्मेदवारका रूपमा अगाडि देखिन थालेका छन्।

आगामी दिनमा पार्टीको औपचारिक निर्णय जे भए पनि, स्याङ्जा क्षेत्र नं. २ मा विकास, सुशासन र नयाँ राजनीतिक संस्कारको बहस लाई अघि बढाउन पौडेलको भूमिकालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

स्याङ्जा ।
स्याङ्जा जिल्लाको समग्र, समावेशी र दिगो विकासका लागि स्पष्ट नीति, दीर्घकालीन दृष्टि र कार्यान्वयनमुखी सोच प्रस्तुत गर्दै वालिङ–११ छतिवन निवासी तोया नारायण पौडेल स्थानीय तह तथा जिल्ला स्तरीय नेतृत्वका लागि अब्बल उम्मेदवारका रूपमा अगाडि आएका छन्।

देशको राजनीतिक, प्रशासनिक र सार्वजनिक सेवामा स्याङ्जाको उल्लेखनीय योगदान रहँदा रहँदै पनि जिल्लाले अपेक्षित विकासको गति लिन नसकिरहेको यथार्थलाई स्वीकार गर्दै पौडेलले विकासलाई बहसभन्दा माथि राख्ने व्यवहारिक नीति तथा कार्ययोजना सार्वजनिक गरेका छन्। यसले उनलाई केवल आश्वासन दिने होइन, समाधान प्रस्ताव गर्ने जिम्मेवार नेतृत्वका रूपमा स्थापित गरेको छ।

नीतिमा आधारित नेतृत्व

पौडेलले प्रस्तुत गरेको विकास खाकामा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि र विपद् व्यवस्थापनलाई एउटै समग्र दृष्टिकोणभित्र समेटिएको छ। सिद्धार्थ राजमार्ग स्तरोन्नति, नदी करिडोर विकास, वालिङ–चापाकोट–स्याङ्जा बजारलाई आधुनिक सहरको रूपमा विकास गर्ने दीर्घकालीन गुरुयोजना उनको विकास दृष्टिकोणको केन्द्रमा रहेको छ।

उनका अनुसार विकासको आधार सुदृढ पूर्वाधार हो, जसले रोजगारी, उद्योग र सेवा क्षेत्रलाई गति दिन्छ।

शिक्षा, स्वास्थ्य र मानवीय विकासमा स्पष्ट दृष्टि

शिक्षा र स्वास्थ्यलाई विकासको मेरुदण्ड मान्ने पौडेल सरकारी तथा निजी विद्यालयबीचको गुणस्तर अन्तर अन्त्य, विद्यालयमा स्टाफ नर्सको व्यवस्था, नैतिक तथा संस्कार शिक्षा लागू गर्ने पक्षमा स्पष्ट देखिन्छन्।

पोखरा विश्वविद्यालय वा गण्डकी विश्वविद्यालयसँग सहकार्यमा स्याङ्जामा आंगिक कलेज र कम्तीमा १०० शय्याको अस्पताल स्थापना गरी स्वास्थ्य शिक्षाको केन्द्र बनाउने उनको दीर्घकालीन सोचले मानवीय विकासप्रतिको प्रतिबद्धता झल्काउँछ।

कृषि, उद्यमशीलता र युवामुखी सोच

पौडेलको नेतृत्व दृष्टिकोणको मुख्य विशेषता भनेको युवालाई विकासको केन्द्रमा राख्नु हो। कृषि आधुनिकरण, जग्गा एकीकरण, यान्त्रिकीकरण, मूल्य शृङ्खलासहितको उत्पादन र बजार सुनिश्चिततामार्फत कृषिलाई सम्मानजनक पेशा बनाउने उनको नीति व्यवहारिक र परिणाममुखी मानिन्छ।

विदेशबाट फर्किएका युवालाई सहुलियत कर्जा, सीप, प्रविधि र परामर्शमार्फत स्वदेशमै उद्यमशीलतामा जोड्ने नीति स्थानीय रोजगारी सिर्जनामा केन्द्रित छ।

पर्यटन र उद्योगबाट आर्थिक रूपान्तरण

पोखरा–पाल्पा–लुम्बिनी पर्यटन कोरिडोरसँग स्याङ्जालाई रणनीतिक रूपमा जोड्दै सोरेक मैदान, रामडाडा, सिरुबारे, नुवाकोट, गरौंसुर मन्दिरलगायत स्थलहरूको विकास र प्रवद्र्धन गर्ने नीति उनको आर्थिक विकास दृष्टिकोणको महत्वपूर्ण अंश हो।

साना, मझौला तथा ठूला उद्योग स्थापना गर्न निजी क्षेत्रको लगानी आकर्षित गर्ने, साबुन, मसला, खाद्य तथा फलफूल प्रशोधन उद्योगलाई प्राथमिकता दिने नीति स्थानीय अर्थतन्त्र सुदृढ गर्ने दिशामा केन्द्रित छ।

डिजिटल शासन र उत्तरदायी प्रशासन

पौडेलले सार्वजनिक सेवालाई डिजिटल प्रणालीमार्फत पारदर्शी, सरल र नागरिकमैत्री बनाउने स्पष्ट दृष्टि अघि सारेका छन्। साथै पहिरो, बाढी जस्ता प्राकृतिक विपद् जोखिम न्यूनीकरण, फोहोर व्यवस्थापन र वातावरण संरक्षणलाई विकाससँगै अघि बढाउने उनको सोच उत्तरदायी नेतृत्वको पहिचान हो।

जनतासँग संवाद, समाधानमा विश्वास

पौडेल विकासलाई व्यक्तिगत आकांक्षा नभई सामूहिक दायित्वका रूपमा लिन्छन्।
उनका अनुसार,
“अब दोषारोपण होइन, समाधानको राजनीति आवश्यक छ। समन्वय, प्रतिबद्धता र कार्यान्वयनमुखी सोचले मात्र स्याङ्जालाई समुन्नत बनाउन सकिन्छ।”


प्रतिकृया दिनुहोस्