Skip

Hamro Sanchar

देउवा एमाले महाधिवेशन उद्घाटन समारोहमा नजाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २७ गते


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)को ११औँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् ।

उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरूलाई आमन्त्रण गरिएकामा देउवा नजाने भएका हुन् ।

कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले देउवा नजाने भएकाले उद्घाटन समारोहमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाइने जानकारी दिए ।

आज (मंसिर २७)सुरु हुने एमाले महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित चौरमा आयोजना गरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।


प्रतिकृया दिनुहोस्