Skip

Hamro Sanchar

पूर्वराष्ट्रपति भण्डारीले गरिन् क्षतिग्रस्त संसद् भवनको अवलोकन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २५ गते


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको निरीक्षण तथा अवलोकन गरेकी छन् ।

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको संसद् भवनको क्षति अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी स्वयं भवन परिसरमा पुगेकी हुन् ।

निरीक्षणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले संसद् भवनको मुख्य गेट, सभाहल, बैठक कक्ष लगायतका क्षेत्रमा भएको तोडफोड र आगजनीबाट पुगेको क्षतिको प्रत्यक्ष अवलोकन गरिन् ।

उनले क्षतिग्रस्त संरचना तथा सामग्रीहरू नजिकबाट अवलोकन गरेकी थिइन् ।

संसद् सचिवालयका उच्च अधिकारीहरूले पूर्वराष्ट्रपतिलाई आन्दोलनका क्रममा भएको तोडफोड र हालसम्मको मर्मत–सम्भारको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

जेनजी आन्दोलनका नाममा भएको उक्त तोडफोड र आगजनीको घटनालाई लिएर देशव्यापी रूपमा आलोचना भएको थियो भने संसद् भवनको सुरक्षा व्यवस्थामाथि पनि गम्भीर प्रश्न उठेको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले संसद् भवनको अवलोकनपछि कुनै प्रतिक्रिया भने दिएकी छैनन् । यसअघि भण्डारीले क्षतिग्रस्त सिंहदरबारको अवलोकन गरेकी थिइन् ।

 


प्रतिकृया दिनुहोस्