Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पार्टीमा दुई कार्यकालको व्यवस्था हटाउन हुँदैन : गोकर्ण विष्ट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २४ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीमा दुई कार्यकालको प्रावधान राख्नुपर्ने बताएका छन् ।

आज पार्टीको केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेतृत्वमाथि प्रश्न उठाउनै हुँदैन भन्ने कुरा पार्टीलाई कमजोर बनाउने विषय भएको जिकिर गरे ।

‘नेतृत्वमाथि प्रश्न उठाउन हुँदैन भन्ने कुरा पार्टीलाई कमजोर बनाउने विषय हो,’ विष्टले आफ्ना धारणा राख्ने क्रममा भने, ‘नेतृत्वलाई कमजोरी हुँदा आलोचनात्मक प्रश्न उठाउन पाउने कुरा नै राम्रो हुन्छ ।’

उनले बरु प्रधानमन्त्री, मन्त्रीको पनि कार्यकाल तोक्ने तर पार्टी नेतृत्वको भने कार्यकाल हटाउन नहुने बताए ।

‘अध्यक्षको दुई कार्यकाल भन्ने प्रावधान राखौं । मन्त्री, प्रधानमन्त्रीहरूको पनि कार्यकाल तोकौं । आवश्यक पर्छ भने म पनि त्याग गर्न तयार छु । दुई कार्यकालको व्यवस्था नहटाऔं,’ विष्टले बैठकमा भने ।


प्रतिकृया दिनुहोस्