Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पोखरा विमानस्थल भ्रष्टाचार : प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २३ गते


Advertisement

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग गरेको छ।

त्यस्तै पूर्वनिर्देशक मुरारी भण्डारीसँग १ लाख धरौटी मागेको छ।

मंगलबार विशेष अदालतका सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा भएको थुनछेक बहसमा उनीहरूसँग उल्लेखित धरौटी लिएर रिहा गर्न आदेश भएको हो।

यसअघि नलिनचोक हेलिपोर्ट भ्रष्टाचारको मुद्दामा भने विशेष अदालतले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। त्यस्तै भण्डारीलाई भने ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा अधिकारी र भण्डारीसहित ५५ जनाविरुद्ध मुद्दा दायर भएको छ। उनीहरूसँग ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ।

नलिनचोक हेलिपोर्टमा भ्रष्टाचारमा भने अधिकारी र भण्डारीसहति ६ जना प्रतिवादीसँग १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टार गरेको आरोपमा अख्तियारले आरोप पत्र दायर गरेको थियो।


प्रतिकृया दिनुहोस्