Skip

Hamro Sanchar

सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय : प्रधानमन्त्री ओलि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १४ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी गरेका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानान्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने गरेको भन्दै आपत्ति जनाए ।

‘सरकारले एकदुई जनालाई कारबाही गर्‍यो भने सरकार र भ्रष्टाचार पर्यावाची भन्छन् । छ्यालब्याल रैछ भन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्नेलाई कारबाही ने नगर्ने त रु भ्रष्टाचार गर्न दिइन्न । कसैले गर्‍यो भने कारबाही हुन्छ । त्यही त गर्ने होला नि ।’

यसअघि बैठकको शुन्य समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यावाची जस्तै बनेको आरोप लगाएका थिए । मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषि स्वयं सरकार भएको आरोप थियो ।

‘सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ । कहाँको भ्रष्टाचारको पर्याय रु गम्भीर विषयमा छलफल हुँदाखेरी हामी त्यही गम्भीरता साथ लिनुपर्छ भन्ने म ठान्छु,’ प्रधानमन्त्री ओलीले भने ।

उनले विकास र आर्थिक वृद्धिका मामलामा साझा प्रयासका साथ अगाडि बढ्नुपर्ने पनि बताए ।


प्रतिकृया दिनुहोस्