Skip

Hamro Sanchar

रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका ५० जनाको उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २४ गते


काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण
रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका ५० जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो १२:५० बजेसम्म ५० जनाको उद्धार गरिएको जनाएको छ ।

उद्धार गरिएकामा ४ महिला र ४६ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन्।


प्रतिकृया दिनुहोस्