Hamro Sanchar

शिक्षक आन्दोलनमा नेपाल पब्लिक क्याम्पस संघको ऐक्यबद्धता

"आवश्यक परे सडक आन्दोलनमा सहभागी बन्छौ"

सुदिप बर्देवा प्रकाशित : २०८२ बैशाख, ४ गते


काठमाडौं, बैशाख ४- नेपाल पब्लिक क्याम्पस संघले काठमाडौंमा जारी शिक्षकको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले आज एक विज्ञप्ति जारी गरि आन्दोलनमा ऐक्यबद्धता जनाउदै आवश्यक परे आफुपनि सडक आन्दोलनमा सहभागी बन्न तयार रहेको उल्लेख गरेको छ ।

बिद्यालय बिधेयक ऐन जारी गर्न माग गर्दै बिगत १५ दिनदेखि सरकारी स्कुलका शिक्षक आन्दोलनमा  छन् ।

सरकारले बिगतमा आन्दोलनरत  शिक्षक महासंङ्संग सहमति गरेका विषयहरु वर्तमान सरकारले पुरा गर्नु पर्ने पब्लिक क्याम्पस संघको ठहर छ ।

साथै सैक्षिक क्षेत्रलाई तहस-नहस गर्ने प्रपन्च र जालझेल भएमा शिक्षक महासंघका साथमा आन्दोलनमा होमिन आफुहरु लाइ बाध्य नबनाउन पनि आग्रह गरेको छ ।

संघका अध्यक्ष शत्रुध्न प्रसाद गुप्ता र महासचिव गोविन्द बहादुर कार्किले बिज्ञप्ति जारी गर्दै  यस्तो आग्रह गरेका हुन् ।

 

 

 


प्रतिकृया दिनुहोस्