
काठमाडौं, चैत २५- प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न आज सिंहदरबार पुगेका सुनसरीको धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङसहितको टिमलाई ओलीले आजैबाट खानेपानीको प्रक्रिया अगाडि बढेको आश्वासन दिए ।
“धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि संघीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला,” प्रधानमन्त्री ओलीले भने ।
यसअघि नै संघीय सरकारले खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकेको छ ।