
काठमाडौं, चैत ११- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले एक हप्ता भित्र आफ्ना कर्मचारीले तलव नपाए केपी ओलीको सरकारलाई टुकुचामा गाडदिने बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् “काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !
को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !
त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!”