Hamro Sanchar

दोश्रो गणेश हिमाल भलिबल प्रतियोगिता उद्घाटन, ४० टीमको सहभागिता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १० गते


काठमाडौं, पुस १०- दोश्रो गणेश हिमाल भलिबल प्रतियोगिताको उद्घाटन भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ का वडाअध्यक्ष प्रकाश फुयालले बुधबार (आज) बिहान प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

गणेश हिमाल माध्यमिक विद्यालयको आयोजनामा भएको उक्त प्रतियोगितामा सिन्धुपाल्चोकको मेलम्चीदेखि काठमाडौंको वालुवाटारसम्म सम्मका ४० टीमले सहभागिता जनाएका छन् । जसमा छात्रको मात्रै २० टीम रहेको छ भने छात्राको १० र शिक्षकको १० टीमले प्रतियोगितामा प्रस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत छात्र तथा छात्राले भाग लिएका छन् ।

प्रतियोगितालाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका वडाअध्यक्ष फुयालले खेल खेल्नका लागि मात्र नभएर राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्वपूर्ण रहेको बताए । उनले खेलाडीहरुलाई अनुशासीत र संयम भएर खेल खेल्न अनुरोध गरे । उनले गणेश हिमाल माध्यमिल विद्यालयले शिक्षासँगै खेलकुद, रक्तदान तथा रचनात्मक कार्यमा पनि काम गरेको भन्दै प्रशंसा समेत गरेका थिए ।

विद्यालयबीचको सम्बन्ध प्रगाढ बनाउदै विद्यार्थीहरुलाई खेल प्रति जागरुक बनाउनु साथै यस खेलको विकास र प्रवर्धनका लागि भलिबल खेल विद्यालय स्तरका विद्यार्थीहरु बीच पुर्याउने प्रतियोगिताको मुख्य उदेश्य रहेको विद्यालयका संचालक दिनेस नेपालले बताए ।

आजबाट सुरु भएको प्रतियोगिता १२ गते सम्पन्न हुनेछ ।

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमश: ७ हजार ५ सय, ५ हजार र २ हजार ५ सय, प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिने छ भने शिक्षकहरु प्रथम र दोश्रो हुनेलाई क्रमशः ५ हजार र २ हजार ५ सय नगद पुरस्कार साथै प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।

यो पनि पढ्नुहोस्- दोश्रो गणेश हिमाल भलिबल प्रतियोगिता १० गतेदेखि हुँदै, सहभागिताका लागि अनुरोध


प्रतिकृया दिनुहोस्