आज : २०८१ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बागमती र कोसीमा वर्षाको जोखिम कायमै रहेकाले हाइअलर्ट रहन गृहमन्त्रीको निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १६ गते


Advertisement

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले हाइअलर्टमा रहन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहलाई गृहमन्त्री लेखकले बाढीपहिरोबाट हुनसक्ने जोखिम न्यूनीकरणको लागि निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोसी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका हुन्।

‘वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोसी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई अलर्ट रहन निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकले भने।

थप समन्यव र सो सम्बन्धी आवश्यक काम कारवाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताए।

यसअघिको बाढी र पहिरोले मुलुककन धेरै राजमार्ग अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन पनि उनले सबैमा आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस्