Hamro Sanchar

कुमार प्रयास र विनोद राई मध्ये ‘भ्वाइस अफ नेपाल’मा कसले मार्ला बाजी ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, १५ गते


Advertisement

काठमाडौं, पुस १५- कुमार प्रयास राई र विनोद राई ‘भ्वाइस अफ नेपाल’को जारी सिजनको फाइनलमा प्रवेश गरेका छन् । पछिल्लो सप्ताहन्तको एपिसोडबाट उनीहरु फाइनलिस्ट बनेका हुन् ।

टिम उदय सोताङबाट विवेक बस्नेत र टिम मिलन नेवारबाट ट्रिजा प्रधान बाहिरिएसँगै यी दुईलाई अन्तिम चारमा प्रवेश गर्ने बाटो खुलेको हो । फाइनलमा एक कोचको समूहबाट एकजनाले प्रतिस्पर्धा गर्नेछन् ।

आगामी साता टिम राजेशपायल राईबाट मोनिका राई र मक्कर योञ्जन, टिम प्रमोद खरेलबाट तेन्जिङ डोल्मा गुरुङ र नोगेन लिम्बूमध्ये एकजना फाइनलिस्ट बन्नेछन् । आगामी सप्ताहन्तका एपिसोडका लागि यी चारजनालाई भोट गर्न सकिनेछ ।

आगामी साताको सेमिफाइनल प्रतिस्पर्धा रोचक हुने अनुमान छ । त्यसपछि फाइनलमा चारजनाले प्रतिस्पर्धा गर्नेछन् । यसैबीच, आउँदो सातादेखि भ्वाइस किड्सको पनि अडिसन आह्वान गर्ने तयारी छ ।


प्रतिकृया दिनुहोस्