Skip

Hamro Sanchar

एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २८ गते


काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले अब आफू पदाधिकारीको आकांक्षी नभएको बताएका छन् । नयाँ केन्द्रीय कमिटीका निम्ति पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने उनले घोषणा गरे ।

काठमाडौंको भृकुटीमण्डपमा आइतबार (मंसिर २८)बसेको केन्द्रीय कमिटी बैठकमा उनले पदाधिकारीमा चुनाव नलड्ने घोषणा गरेका हुन् ।

पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि बन्दसत्र सुरु हुँदै छ । केन्द्रीय कमिटी बैठकपश्चात् भृकुटीमण्डपमै बन्दसत्र हुने तय छ ।


प्रतिकृया दिनुहोस्