Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एमालेको विधान संशोधन, पदाधिकारी १९ जना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २८ गते


Advertisement

काठमाडौं ।नेकपा एमालेले पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको छ।

११ औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो।

स्थायी कमिटी सदस्य शेरबहादुर तमाङका अनुसार विधान संशोधन गरेर पदाधिकारी १९ जना र केन्द्रीय कमिटी ३०१ जनाको बनाउने निर्णय भएको छ। यसअघि भदौमा भएको दोस्रो विधान महाधिवेशनमा पदाधिकारी १५ र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय भएको थियो।

तर, आज भएको संशोधन अनुुसार अब पदाधिकारी १९ जना रहने छन्। जसमा अध्यक्ष, उपाध्यक्ष ५, महासचिव, उपमहासचिव ३ र सचिव ९ जना रहने छन्।

केन्द्रीय कमिटी ३०१ जनाको हुँदा पोलिटब्युरो ९९ सदस्यीय हुने छ। स्थायी समिति भने पोलिटब्युरोको एक तिहाई हुने छ।

केन्द्रीय कमिटी बैठका आएको प्रस्तावमा धारणा राख्दै विधान संशोधन गर्न नहुने पक्षमा उपाध्यक्ष युवराज ज्ञवाली, अस्टलक्ष्मी शाक्य लगायतका नेताहरू उभिएका थिए।

उपाध्यक्षद्वय ज्ञवाली र शाक्य तथा स्थाथी कमिटी सदस्यहरू बिन्दा पाण्डे, कर्ण थापा र काशिनाथ अधिकारीले पनि विधान संशोधन गर्न नहुने धारणा राखेका थिए।

शुक्रबार बसेको सचिवालय बैठकमै अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउनेगरि विधान संशोधन गर्ने प्रस्ताव ल्याउने तयारीमा थिए।

तर, त्यहाँ सचिवालयका अधिकांश सदस्य विपक्षमा उभिएपछि गत भदौमा भएको दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान अनुसारै नेतृत्व निर्माण गर्ने निर्णय बैठकबाट भएको थियो।

तर, ओली पक्षले फेरि केन्द्रीय कमिटीमा विधान संशोधनको प्रस्ताव ल्याएर त्यही पारित गरेको हो।

आफ्नो खेमाका नेताहरुको व्यवस्थापनका लागि सहज होस् भन्दै ओलीले विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएका हुन्


प्रतिकृया दिनुहोस्