Skip

Hamro Sanchar

चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १९ गते


काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार फिचर्ड छन् ।

बेनिशा हमाल, महेश त्रिपाठी र ग्रिस्मा कटुवाल पोस्टरमा फिचर्ड छन् । पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । सबैभन्दा ठूलो आकृतिमा उनी प्रशन्न मुद्रामा देखिएकी छन् ।

सिनेमामा क्यारेक्टर झल्काउने अर्को उनको लुक्स पनि छ, जहाँ उनको हातमा सिगरेट छ । उनको हातका औंलामा सिगरेट छ । हातका पाँचवटै औंलामा औंठी छ ।

महेश त्रिपाठीसँग पनि बेनिशा छिन् । आमनेसामने रहेका उनीहरूबीच संवाद भइरहेको देखिन्छ । ग्रिस्मा कटुवाल पोस्टरमा रोइरहेकी छन् ।

बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’ पुस १० गतेबाट प्रदर्शन हुँदै छ । ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको चलचित्रलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहेका छन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन् ।


प्रतिकृया दिनुहोस्