Hamro Sanchar

शैलुङको भैसेंमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३४० जना लाभान्वित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, ८ गते


दोलखा, पुस ८- दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ भैसेंमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।  उक्त शिविरबाट ३४० जना सेवाग्राहीले निःशुल्क सेवा लिएका छन् ।

शिविरमा स्त्रीरोग, जनरल रोग, नसा र बाँझोपन सम्वन्धी स्वास्थ्य परिक्षण गरिएको थियो ।

शैलुङ गाउँपालिका वडा नम्वर ८ को आयोजना, एस एस फाउन्डेसन दोलखा र प्यासिफिक आईभीएफ सेन्टरको सहयोगमा शिविर संचालन गरिएको एसएस फाउन्डेसन दाेलखाका अध्यक्ष नबराज खड्काले जानकारी दिए ।

शिविरकाे समन्वय र सहयाेगका लागि एसएस फाउन्डेसनका संरक्षक साेभित उप्रेतीले गरेका थिए भने ब्यवस्थापन दाेलखाली पत्रकार समाजका अध्यक्ष ज्ञानेन्द्र कार्की, एसएस फाउन्डेसन दाेलखाका अध्यक्ष नबराज खड्काले गरेका हुन् ।

शिविरमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर कार्कीको नेतृत्वको स्वास्थ्यकर्मी टोलीले स्वास्थ्य परिक्षण गरेका थिए ।

शैलुङ गाउँपालिका वडा नम्वर ८का वडा अध्यक्ष धन बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।


प्रतिकृया दिनुहोस्