Hamro Sanchar

विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र अफगानिस्तान भिड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २८ गते


Advertisement

एजेन्सी, असोज २८- एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार इंग्ल्यान्ड र अफगानिस्तान भिड्दैछन् ।

अफगानिस्तान पहिलो जितको खोजिमा रहँदा इंग्ल्यान्ड दोस्रो जितको प्रयासमा मैदानमा उत्रिनेछ । दिल्लीको अरुण जेट्ली स्टेडिमयमा दिउँसो २:१५ बाट खेल सुरु हुनेछ ।

दुवै टिमको यो जारी विश्वकपमा तेस्रो खेल हो । जारी विश्वकपमा इंग्ल्यान्ड पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित हुँदा दोस्रो खेलमा भने बंगलादेशलाई हराएको थियो । जबकी अफगानिस्तान भने पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

समग्रमा यी दुई टिमबीच अहिले सम्म २ एकदिवसीय खेलमा प्रतिस्पर्धा भएको छ । दुवै खेलमा इंग्ल्यान्ड विजयी भएको छ । दुवै खेल २०१५ र २०१९ को एकदिवसीय विश्वकपका दौरान भएको छ । यो बाहेक दुई टिमबीच कुनै एकदिवसीय खेल भएको छैन ।

इंग्ल्यान्डले पछिल्ला ५ मध्ये ४ खेलमा जित निकालेको छ । एक खेलमा हार भोगेको छ । अफगानिस्तान भने पछिल्ला ७ खेलमा लगातार पराजित भएको छ ।


प्रतिकृया दिनुहोस्