Skip

Hamro Sanchar

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २५ गते


काठमाडौं । विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स पहिलो पटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुग्न सफल भएको छ।

आज भएको दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको हो।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि नजिक पुगेको थियो। एनपीएलको उपाधि भिडन्त शनिबार हुनेछ।

लगातार दुई क्वालिफायर खेल्दा पनि पराजित भएपछि विराटनगर उपाधि दौडबाट बाहिरिएको हो। लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको विराटनगरले क्वालिफायरमा आएर सोही लयलाई निरन्तरता दिन नसक्नु नै हारको मुख्य कारण बन्न पुग्यो।

यता लुम्बिनीले भने एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायर खेलेको हो। पहिलो सिजन अंक तालिकाको पुछारमा रहेर एनपीएल सकाएको लुम्बिनीले दोस्रो सिजनमा भने उपाधि भिडन्त पक्का गरेको छ।


प्रतिकृया दिनुहोस्