Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एनपीएलको फाइनल खेल आज, विजेताले पाउनेछन् १ करोड १० लाख रुपैयाँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २७ गते


Advertisement

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज  हुँदै छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन्।

सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो। लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो।

गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ।

गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ।

लिग चरणमा भएको यी दुईबीचको खेलमा सुदूरपश्चिम ७ विकेटले विजयी भएको थियो।

एपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्नेछ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १ देखि जारी प्रतियोगितामा आठ टोली सहभागी भएका थिए ।


प्रतिकृया दिनुहोस्