आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बलिउड अभिनेता शाहरुख खानलाई आयो ज्यान मार्ने धम्की

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २२ गते


Advertisement

एजेन्सी, असोज २२-बलिउड अभिनेता शाहरुख खानको ज्यान खतरामा परेको छ ।

स्रोतलाई उद्धुत गर्दै भारतीय पत्रिका दैनिक भास्करले जनाएअनुसार मुम्बई प्रहरीलाई फिल्म ‘पठान’ र ‘जवान’को सफलताबाट असन्तुष्ट केही व्यक्तिले शाहरुखलाई मार्ने धम्की दिएको जानकारी प्राप्त भएको छ ।

यसैलाई ध्यानमा राख्दै मुम्बई प्रहरीले शाहरुखलाई वाई प्लस सुरक्षा दिएको छ । यो वाई प्लस सुरक्षाअन्तर्गत, ६ जना व्यक्तिगत सुरक्षा अधिकारी र ५ जना हतियारसहितका प्रहरी शाहरुख खानसँग २४सै घण्टा रहनेछन् ।

यसअघि शाहरुख खानको सुरक्षाका लागि मुम्बई प्रहरीका दुईजना कन्स्टेबल हरेक पल साथमा रहन्थे ।


प्रतिकृया दिनुहोस्