Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिकाका करिव ५ सय कुकुरलाई लगाइयो रेबिजविरुद्धको खोप

प्रदिप नेपाली प्रकाशित : २०८० असोज, १४ गते


Advertisement

काठमाडौं, असोज १४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका भित्रका करिब ५ सय घरपालुवा र सामुदायिक कुकुरलाइ रेबिजविरुद्धको खोप लगाइएको छ ।

१७औं विश्व रेबिज दिवसको अवसर पारेर सप्ताह ब्यापी निशुल्क खोप अभियान अन्तर्गत नगरपालिकाका ९ वटै वडाका करिब ५ सय कुकुरलाइ रेबिज विरुद्धको खोप लगाइएको पशु सेवा शाखा प्रमुख राम बहादुर देउजाले हाम्रोसंचारलाई जानकारी दिए । जसमध्ये १० वटा बिरालोलाई पनि उक्त खोप लगाइएको छ ।

नगरपालिकाले १७औं विश्व रेबिज दिवसको अवसर पारेर गत ८ गतेदेखि १४(आज) गतेसम्म सप्ताह ब्यापी निशुल्क खोप अभियान संचालन गरेको थियो ।

प्राणघातक रेबिज रोग ९५ प्रतिशत कुकुरको टोकाइबाट लाग्छ । उक्त रोगबाट हुने मानवीय क्षति रोकथाम तथा न्यूनीकरण गर्न र सन् २०३० भित्र कुकुरको टोकाईबाट रेबिज लागेर हुने मृत्युदर शुन्यमा पुर्याउने विश्वब्यापी रणनीति अनुरुप खोप कार्यक्रम संचालन गरिएको हो ।


प्रतिकृया दिनुहोस्