Skip

Hamro Sanchar

प्रतिनिधिसभा निर्वाचनका लागि गगन थापाको नाम रोल्पाबाट सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २३ गते


काठमाडौं । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पाबाट सिफारिस गरिएको छ ।

कांग्रेस जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले महामन्त्री थापाको नाम आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गर्ने निर्णय गरेको हो ।

कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जीसीले महामन्त्री थापासँगै अन्य चार जनाको नाम पनि प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार रोल्पाबाट महामन्त्री थापसँगै प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा। मन्दिप सुवेदी, र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ


प्रतिकृया दिनुहोस्