Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गणेश लामा काभ्रे-१ बाट सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २३ गते


Advertisement

काभ्रेपलाञ्चोक। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य गणेश लामा उम्मेदवारका लागि सिफारिस भएका छन्।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र(१ को बैठकले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रियसभा निर्वाचनको लागि उमेदवार सिफारिस गरेको क्षेत्रीय सभापति दिनेश लामाले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभा प्रत्यक्ष तर्फ गणेश लामा, गुणराज मुक्तान, तिर्थ ब। पसखल, बिदुर बस्नेत, रसिला खनाल (महिला) तथा समानुपातिक तर्फ हर्षजित लामा (आ.ज., ललिता किङरिङ (आ.ज महिला), हरि बहादुर बल (आ.ज.), मिरा नेपाली (दलित), उद्धव कोईराला (अपांग), बाबुराम गिरी (अल्पसंख्यक)लाई सिफारिस गरिएको हो ।

त्यस्तै राष्ट्रियसभा तर्फ ईन्द्रमणी अधिकारी र ईश्वरी प्रसाद ओझालाई उम्मेदवारको लागि सिफारिस गरेको हो ।


प्रतिकृया दिनुहोस्