Skip

Hamro Sanchar

दीपाको जन्मदिनमा दीपकको भावुक कविता : ‘मेरो जिन्दगीको उत्कृष्ट साथी’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, ७ गते


काठमाडौं, भदौ ७- अभिनेता तथा निर्देशक दीपक राज गिरीले दीपाश्री निरौलालाई जन्मदिनको शुभकामना दिँदै उनलाई आफ्नो जीवनको उत्कृष्ट साथी बताएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले दीपाश्रीको जन्मदिनको अवसरमा भावुक कविता पोस्ट गर्दै सो कुरा बताएका हुन् ।

उक्त कवितामा उनले दीपालाई तीन दशक अघि पहिलो पटक भेट्दाको अनुभव पनि साझा गरेका छन् । सुरुमा दीपा आफूलाई घमन्डी लागेको तर उनलाई बुझ्दै जाँदा निकै फरक पाएको बताएका छन् । यसका साथै, आफूलाई चोट लाग्दा दीपालाई दुख्ने पनि बताएका छन् ।

दीपाको ४७ औं बर्थडेको अवसरमा उनले यस्तो लेखेका हुन् ।

यस्तो छ उनले लेखेको कविता-

यो केटी त कस्ति घमन्डि ! मैं हूँ भन्छे !!

बोल्ने त परै जाओस हेर्दा पनि हेर्दिन !

आज भन्दा करीब ३ दशक अघि तिमि संगको पहिलो भेट, मलाइ आज पनि याद छ …

जसरी हामी किताबको कभर हेरेकै भरमा

पूरै बिषय अनुमान गर्छौ … ठिक त्यस्तै

तिमि प्रतिको धारणा पनि तुरून्तै बनाएको थिए मैले !

तर मलाइ थाहा थिएन यो त्यहि केटी हो

जो अरूको पिडालाइ आफ्नो सम्झेर समय बिताउछे!

ज़िन्दगीको खेलमा आफू हार्छे

तर अरूलाइ जीताउछे !!

म प्रतिको तिम्रो योगदानलाइ त

सिर्फ़ एक शब्दमा बुनेको छू ,

चोट मलाइ लाग्दा ,तिम्ले ऐआ भनेको सुनेको छू !

कमजोरी पनि भनिदिन्छू ….

यॉहा हरेकको हातमा क्यालकुलेटर छ

कॉहा फाइदा , कॉहा बेफाइदा ,

कॉहा ज़ोर छ ,कॉहा बिजोर छ

दिमागै दिमागको शहरमा तिमि ,मनको कुरा गर्छो ,

त्यसैले तिम्रो हिसाब कमजोर छ ….

मेरो ज़िन्दगीको उत्कृष्ट साथिलाइ जन्मदिनको लाखौ करोडौ र अरबौ शुभकामना……


प्रतिकृया दिनुहोस्