Hamro Sanchar

अन्तिम श्रद्धाञ्जली दिँदै स्व.गायक तामाङको ‘धुवा’ गीत सार्वजनिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २४ गते


Advertisement

काठमाडौं, असार २४- रक स्टार गायक रोविन तामाङको अन्तिम गीत ‘धुवा’ सार्वजनिक भएको छ । निर्देशक तथा सम्पादक निरञ्जन पाण्डेले यो गीत फिल्मका लागि तयार पारेका थिए । तर, रोविन तामाङको असामयिक निधन भएपछि उनलाई नै अन्तिम श्रद्धाञ्जली दिँदै यो गीत सार्वजनिक गरेको हो ।

नेपाली गीतसंगीत र अभिनयको क्षेत्रमा उल्लेखनीय योगदान दिएका तामाङले केही दिन अगाडि निधन भएको थियो र आज उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै अन्तिम संस्कार गरिएको छ ।

एमआईसी युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतले जिन्दगीलाई धुवामा नउडाउन सन्देश दिएको छ । गीतमा रोविनलाई गायक राजेश पायल राईले पनि साथ दिएका छन् । सुरेश राईको शब्द तथा संगीतमा तयार भएको गीतमा राजेश र रोविनलाई नै फिचर गरिएको छ । गीतको र्‍यापको शब्द भने रोविनले नै लेखेका छन् ।

 


प्रतिकृया दिनुहोस्