Skip

Hamro Sanchar

थप आक्रमक बन्दै मेयर बालेन शाह : भोलिदेखि काठमाडौं महानगरभित्र भारतीय फिल्म प्रदर्शन रोक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, ३ गते


काठमाडौं, असार ३- काठमाडौं‌ महानगरपालिकाले महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ। महानगरपालिकाले भोलिदेखि भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको हो।

‘आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने तयारी गरेको महानगर स्रोतले जानकारी दिएको हो।

काठमाडौंका मेयर बालेन शाहले शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गरेका थिए।


प्रतिकृया दिनुहोस्