काठमाडौं । सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले स्कटल्यान्डलाई २१३ रनको स्कोरमा समेटेको छ । स्कटल्यान्डको बलियो ब्याटिङलाई निस्तेज बनाउँदै सन्दीपले चार विकेट लिए ।
विश्वकप लिग २ अन्तर्गत त्रिवि मैदानमा भइहरेको खेलमा नेपाल लगातार चौंथो जितको खोजिमा छ । लगातार चौथोपटक नेपालले टस जितेर पहिले बलिङ रोज्यो । स्कटल्यान्डले उत्कृष्ट सुरुवात गरे पनि सन्दीपको इन्ट्रीसँगै नेपाल खेलमा फर्किएको थियो ।