Hamro Sanchar

नेपाल टी–२० लिगमा विराटनगरमाथि काठमाडौंको सानदार जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १९ गते


Advertisement

काठमाडौं । नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाईट्सले विराटनगर सुपर किंग्सलाई पराजित गरेको छ । विवादका कारण ढिला सुरु भएर ९ ओभरमा झारिएको खेलमा काठमाडौँले विराटनगरलाई ३४ रनले हराएको हो ।

काठमाडौँले दिएको ९३ रनको लक्ष्य पछ्याएको विराटनगरले ८ ओभर ५ बलमा अलआउट हुँदै मात्र ५८ रन बनायो । विराटनगरका लागि गौरान्शूं शर्माले २२ रन बनाए । त्यस्तै विवेक यादव १२ रन बनाउँदा नन्दन यादव ११ रनको योगदान गरे । काठमाडौंका लागि कमल सिंह ऐरीले ३ विकेट लिए । त्यस्तै सुनाम गौतम र अनिल खरेलले समान २र२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो । काठमाडौंका लागि सन्दिप रजालीले अविजित ३२ रनको योगदान गरे । त्यस्तै कमलसिंह ऐरीले १४ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १४ रनको योगदान गरे । विराटनगरका लागि नन्दन यादवले ३ विकेट लिए । त्यस्तै हुसेन तलत र कियोन जोसेफले समान १र१ विकेट लिए ।

जितसँगै काठमाडौं ७ खेलमा ४ जित ३ हारको नतिजा सहमति ८ अङ्क जोडेर तेस्रो स्थानमा छ । पराजित विराटनगर ७ खेलमा ४ अङ्क सहित तालिकाको पाँचौँ स्थानमा छ ।


प्रतिकृया दिनुहोस्