आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भुवन केसीलाई काम गर्ने बाटो खुला

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १९ गते


Advertisement

काठमाडौं । अभिनेता भुवन केसीले चलचित्र विकास बोर्डको अध्यक्षका रूपमा काम गर्न पाउने भएका छन् । केसीको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी नगरेपछि उनले बोर्डको अध्यक्षको रूपमा कामलाई निरन्तरता गर्न पाउने भएका हुन् । सोमबार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र प्रकाशमान सिंहको इजलासले रिटमा पूर्ण सुनुवाइलाई पेस गर्न आदेश दिएको छ ।

केसीको शैक्षिक योग्यता र चरित्रमा प्रश्न उठाउँदै उनको बोर्डमा नियुक्तिविरुद्ध साउन २३ मा नरेश पौडेलसहित पाँचजनाले रिट दायर गरेका थिए । रिटमा भदौ २ गते सुनुवाइपछि मन्त्रिपरिषद्ले केसीलाई नियुक्ति गर्दाको फाइल झिकाउन आदेश दिएको थियो ।

पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको छ । पूर्ण सुनुवाइपछि केसीको नियुक्ति कानुनसम्मत हो वा होइन भन्ने विषयमा निर्णय गरिने छ ।


प्रतिकृया दिनुहोस्