Hamro Sanchar

विद्यार्थीलाई ओपीडी सेवामा ५० प्रतिशत छुट

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, १० गते


काठमाडौं, असोज १०- नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारसँग विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट गर्ने सहमति भएको बताएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी स्वास्थ्य मन्त्रालय अन्तर्गतका संघीय अस्पतालमा उपचार गर्न जाने विद्यार्थीलाई परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय भएको जानकारी दिइएको छ ।

साउन ४ गते ज्ञापनपत्र र भदौ ३० गते स्मरणपत्र बुझाउँदै सरकारी र सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूलाई सरकारी अस्पतालका सबै सेवामा ५० प्रतिशत सहुलियत गर्न आफ्नो संगठनले माग गरेको अध्यक्ष सुदेश पराजुलीले बताएका छन् ।


प्रतिकृया दिनुहोस्