Skip
आज : २०८३ कार्तिक १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

८३ रनमै समेटियो विराटनगर, काठमान्डुको ९ विकेटको जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १९ गते


Advertisement

१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले हराएको छ ।

विराटनगरले दिएको ८४ रनको लक्ष्य काठमान्डुले ९।४ ओभरमै १ विकेट गुमाएर पूरा गर्‍यो । काठमान्डुका डेभिड वार्नरले अविजित ४४ र विलियम बोसिस्टोले २३ रन बनाए ।

यी दुईबीच दोस्रो विकेटका लागि ७९ रनको साझेदारी भयो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगर १९।३ ओभरमा ८३ रनमै समेटिएको थियो । रुपेश सिंहले सर्वाधिक २६, एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाए ।

काठमान्डुका सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए भने सहान अराचिगे र जहानदान खानले २–२ विकेट झारे ।
लगातार दोस्रो जित निकालेको काठमान्डु ३ खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । विराटनगर भने ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा झरेको छ ।

 


प्रतिकृया दिनुहोस्