काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा ठूलो वृद्धि भएको छ।
सुनको भाउ एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ९ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि तोलामा २ सय ६५ रुपैयाँले बढेर ३ हजार ९ सय २० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँ थियो।
पछिल्लो समय सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ। नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य भने प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ हो।






















