काठमाडौं । अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई दबाबमा पारेको छ। संसद्का दुवै डेमोक्रेटिक पार्टीले अग्रता लिएको छ।
प्रारम्भिक नतिजाअनुसार डेमोक्रेटिक पार्टीले नर्थ क्यारोलाइनाको सिनेट सिट जितेको छ भने जर्जियाबाट जोन ओसोफ पुनः निर्वाचित भएका छन्।
निर्वाचनमा प्रतिनिधिसभाका ४३५ र सिनेटका ३५ सिटका लागि मतदान भएको थियो। विभिन्न राज्यका गभर्नर तथा स्थानीय पदमा पनि निर्वाचन भएको छ।
ट्रम्पको दोस्रो कार्यकालको बीचमा भएको यो निर्वाचनलाई उनको प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ। नतिजाले आगामी दुई वर्ष संसद्मा ट्रम्प प्रशासनले आफ्ना नीति तथा कार्यक्रम अघि बढाउन पाउने सहजता पनि निर्धारण गर्नेछ।

























