Skip
आज : २०८३ कार्तिक १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुरुङ खनेर भागेका ८ मध्ये ४ कैदी प्रहरीको फन्दामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १८ गते


Advertisement

डोल्पा । सुरुङ खनेर डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ कैदीमध्ये थप दुई जना पक्राउ परेका छन्।

आज उनीहरू पक्राउ परेसँगै प्रहरी नियन्त्रणमा आउनेको संख्या चार पुगेको छ।

त्रिपुरासुन्दरी नगरपालिका–४ को रङ गाउँमा स्थानीयको घरमा लुकेर बसेका २९ वर्षीय कालीप्रसाद रोकाय र १९ वर्षीय कपिल परियारलाई प्रहरीले पक्राउ गरेको हो।

यसअघि मंगलबार रुकुम पश्चिमबाट दुई जना पक्राउ परेका थिए। गत कात्तिक १४ गते कारागारबाट सुरुङ बनाएर भागेका बाँकी चार कैदीको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्