१७ कार्तिक, काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाका लागि कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटको समय उत्तम साइत तोकेको हो।
समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन्।
निर्धारित तालिकाअनुसार कात्तिक २० गते धनतेरस र यमदीपदान, २१ गते काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ।
त्यस्तै, २२ गते कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा, २३ गते गाईपूजा तथा २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा र म्हपूजा मनाइनेछ। कात्तिक २४ गतेदेखि नेपाल संवत् ११४७ समेत प्रारम्भ हुनेछ ।

























