Skip

Hamro Sanchar

उत्कृष्ट शैक्षिक नतिजाका आधारमा विश्व निकेतन माविलाई काठमाडौं महानगरपालिकाको दोहोरो सम्मान, रु. १ लाख नगद पुरस्कार

सुदिप बर्देवा प्रकाशित : २०८३ असार, १८ गते


काठमाडौं, असार १८- उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेपछि विश्व निकेतन माध्यमिक विद्यालयलाई काठमाडौं महानगरपालिकाले दोहोरो सम्मान गरेको छ। विद्यालयले आधारभूत तह (कक्षा ८) र माध्यमिक शिक्षा परीक्षा (एसईई ) २०८२ को नतिजाका आधारमा कुल रु. १ लाख नगद पुरस्कारसहित सम्मान प्राप्त गरेको हो।

काठमाडौं महानगरपालिकाले बिहीबार राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रममा विद्यालयलाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरेको थियो।

आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०८२ को नतिजामा महानगरभित्रका विद्यालयहरूमध्ये प्रथम स्थान हासिल गरेबापत विद्यालयले सम्मानपत्रसहित रु. ५० हजार प्राप्त गरेको छ। त्यसैगरी, माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजामा तृतीय स्थान हासिल गरेबापत पनि सम्मानपत्रसहित रु. ५० हजार पुरस्कार प्रदान गरिएको छ।

दुवै विधाबाट प्राप्त पुरस्कार जोड्दा विद्यालयले कुल रु. १ लाख नगद पुरस्कारसहित दोहोरो सम्मान प्राप्त गरेको हो।

दोहोरो सम्मान ग्रहण पश्चात विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले हाम्रोसंचारसँग भन्नु भयो, “यो उपलब्धि विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण, अभिभावकहरूको विश्वास तथा विद्यालय व्यवस्थापनको सामूहिक प्रयासको परिणाम हो।” साथै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

उक्त सम्मानले विद्यालयको शैक्षिक उत्कृष्टतालाई थप स्थापित गर्नुका साथै काठमाडौं महानगरपालिकाभित्र गुणस्तरीय शिक्षा प्रवर्द्धनमा प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।


प्रतिकृया दिनुहोस्