Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

समय घर्किएपछि बल्ल बस्दै त्रिवि सिनेट बैठक, असोज २२ गते मिति तय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १५ गते


Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सिनेट बैठक असोज २२ गते बस्ने भएको छ।

विश्वविद्यालयको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्न बैठक बोलाइएको त्रिविका प्रवक्ता नवीन्द्र भण्डारीले जानकारी दिएका छन्।

त्रिवि सिनेट बैठक गत असारभित्रै बसिसक्नुपर्ने भए पनि समयमै बस्न सकेको थिएन। बैठक नबस्दा सभाबाट पारित गर्नुपर्ने नीति तथा कार्यक्रम र वार्षिक बजेट स्वीकृत गर्ने प्रक्रिया अघि बढ्न सकेको थिएन।

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गर्ने समयसमेत बितिसक्दा बैठक बस्न नसक्दा विश्वविद्यालयका महत्वपूर्ण आर्थिक तथा प्रशासनिक निर्णय प्रभावित भएका थिए।

त्रिवि ऐनअनुसार विश्वविद्यालयको वार्षिक बजेट तथा कार्यक्रम सिनेटबाट पारित गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार असोज २२ गते बिहान सिनेट बैठक बोलाइएको हो।


प्रतिकृया दिनुहोस्