काठमाडौं । विद्यालय तहमा नेपाली भाषा अध्यापन गराउने शिक्षकहरूलाई संगठित गर्ने उद्देश्यले नेपाली भाषा शिक्षक समाज गठन भएको छ।
विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा भएको भेलाले नारायणप्रसाद गौतमको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो।
उपाध्यक्षमा उमेश अधिकारी, महिला उपाध्यक्षमा राममाया अधिकारी, प्रदेश उपाध्यक्षमा हरिप्रसाद तिमिल्सिना र रूपिन्द्रप्रभावी जोशी चयन भएका छन्।
महासचिवमा राजेन्द्रप्रसाद रिमाल तथा उपमहासचिवमा पुरनप्रसाद पैंतौला, बुद्धिसागर अधिकारी र शकुन्तला भण्डारी चयन भएका छन्। सचिव अर्थमा जीवराज आचार्य छन्।
समाजले कक्षा १ देखि १२ सम्म नेपाली भाषा पढाउने शिक्षकलाई आबद्ध हुन आह्वान गर्दै नेपाली भाषाको शिक्षण, संरक्षण, प्रवर्द्धन र सबलीकरणका लागि सहकार्य आवश्यक रहेको जनाएको छ।
समितिमा विभिन्न जिल्लाका शिक्षकको प्रतिनिधित्व रहेको छ भने सल्लाह परिषद्मा डा। जानुका नेपाल, केदारप्रसाद दाहाल र कुमारप्रसाद खतिवडा चयन भएका छन्।






























