Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हुथि विद्रोहीको दाबी : साउदीका तेल केन्द्रहरूमा हमला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १८ गते


Advertisement

१८ असोज, काठमाडौं । यमनका हूती विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको अरामकोका तेल केन्द्रहरूमा हमला गरेको दाबी गरेका छन्।

उक्त हमलामा हूतीहरूले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेका बीबीसी न्युज फारसीले उल्लेख गरेको छ।

हूतीहरूले यो हमला साउदी अरबले साना तथा यमनका अन्य क्षेत्रमा गरेको हमलाको जवाफमा गरिएको बताएका छन्।

यसअघि एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई शनिबार बिहानै रियादमा रहेको अरामकोको तेल केन्द्रनजिक धुवाँ र आगो देखिएको बताएका थिए।

साउदी अरबका अधिकारीहरूले अहिलेसम्म अरामकोका तेल केन्द्रहरूमा भएको हमलाको पुष्टि गरेका छैनन्। त्यस्तै, अरामकोले पनि यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।


प्रतिकृया दिनुहोस्