Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस उपसभापतिमा दीपक गिरीको उम्मेदवारी घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १८ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक गिरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै गिरीले अनुभवी नेतृत्वको मार्गदर्शनसँगै युवाको ऊर्जा र सहभागितालाई अघि बढाएर पार्टीलाई नयाँ गति दिने बताएका छन् ।

उनले लामो राजनीतिक यात्राका क्रममा कांग्रेसका विभिन्न आन्दोलन, चुनौती र संगठन निर्माणका अभियानमा निरन्तर सहभागी हुँदै आएको उल्लेख गरेका छन् ।

पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउने उद्देश्यसहित उपसभापतिमा उम्मेदवारी दिएको उनको भनाइ छ ।

अनुभव र युवाशक्तिबीचको सहकार्यबाट कांग्रेसको संगठनलाई थप बलियो बनाउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि गिरीले जनाएका छन् ।
यसैबीच, कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

आज खुलामञ्चमा उद्घाटन समारोह आयोजना हुँदैछ भने त्यसपछि बन्दसत्रमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ ।


प्रतिकृया दिनुहोस्