Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

फ्लाई दुबई दुर्घटना रोक्ने ५ यात्रुलाई ‘वीरता पुरस्कार’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १६ गते


Advertisement

१६ असाेज , काठमाडौं   । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले फ्लाई दुबईको विमान दुर्घटना हुनबाट जोगाउन सहपाइलटलाई नियन्त्रणमा लिन साहस देखाएका पाँच यात्रुलाई राष्ट्रिय नागरिक वीरता पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।

उक्त घटनामा सहपाइलटले ककपिटभित्र चक्कु प्रहार गरेपछि भारतीय नागरिक पाइलट स्मित मच्छाले ककपिटको ढोका खोलेर यात्रु तथा चालकदललाई घटनाबारे जानकारी गराएका थिए। त्यसपछि केही यात्रुले ककपिटमा पुगेर सहपाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए।

राष्ट्रपति हर्जोगले ती यात्रुले आफ्नो ज्यान जोखिममा राखेर ठूलो दुर्घटना रोक्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन्। उनले उनीहरूप्रति गर्व रहेको बताउँदै इजरायलको तर्फबाट धन्यवादसमेत दिएका छन्।

पुरस्कार पाउनेमध्ये यानिभ हायुनले सहपाइलटलाई नियन्त्रणमा लिन पहिलो पहल गरेका थिए। पेसाले प्लम्बर रहेका हायुनलाई इजरायल फर्किएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बेन गुरियन विमानस्थलमा स्वागत गरेका थिए।

त्यस्तै, ताली मानेसले ककपिटबाट आएको हल्ला सुनेपछि अन्य यात्रुलाई सचेत गराउँदै सहयोग मागेकी थिइन्। यसअघि राष्ट्रपतिको कार्यालयले चार जनाको नाम सार्वजनिक गरे पनि पछि मानेसलाई समेत पाँचौँ पुरस्कार विजेताका रूपमा थपिएको थियो।

घटनामा सहयोग गर्ने आसफ राजुआनले आफूहरूलाई असहाय महसुस भए पनि परिवार, बालबालिका र अन्य यात्रुको ज्यान जोगाउन तत्काल कदम चाल्नुपरेको बताएका छन्।


प्रतिकृया दिनुहोस्