Skip

Hamro Sanchar

रसुवा बाढीपीडितका लागि चितवनको एउटै सामुदायिक कलेजले दियो ५ लाख बढी सहयोग

सुदिप बर्देवा प्रकाशित : २०८३ असोज, ६ गते


Advertisement

काठमाडौं, असोज ७- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा उद्धारका लागि नारायणगढस्थित बालकुमारी कलेजले ५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ।

कलेज परिवार, कलेजमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूको संयुक्त सहभागितामा संकलित रु. ५ लाख ५ हजार ५ सय ५५ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगस्वरूप हस्तान्तरण गरिएको हो।गत भदौ ३१ गते  चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत कोषमा हस्तान्तरण गरिएको बालकुमारी कलेजका प्रिन्सिपल कुलचन्द्र पण्डितले हाम्रोसंचारलाई जानकारी दिनु भयो ।

प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति व्यहोरेका रसुवा, धादिङ र चितवनका बाढीपीडितलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कलेज परिवारले उक्त रकम उपलब्ध गराएको हो।

शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बालकुमारी कलेजले विपद्का बेला पीडितको साथमा उभिँदै मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेको छ। एउटै सामुदायिक कलेज परिवारको पहलमा संकलित ५ लाखभन्दा बढी रकमले बाढीपीडितका लागि राहत तथा पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बालकुमारी कलेजले यस सहयोगमार्फत विपद्को समयमा शिक्षा क्षेत्र केवल शैक्षिक संस्थामात्र नभई सामाजिक सेवाको महत्वपूर्ण साझेदारसमेत बन्न सक्ने सन्देश दिएको छ। स्मरणीय के छ भने, समुदाय स्तरबाट संचालित सामुदायिक कलेज र क्याम्पसहरुले अहिलेसम्म सरकारको छहारी पाएका छैनन् ।

 


प्रतिकृया दिनुहोस्