Skip

Hamro Sanchar

यि दुई परीक्षार्थीले एक वर्षसम्म बोर्डका परीक्षामा दिन पाउने छैनन्, यस्तो छ कारण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ५ गते


५ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २ जना परीक्षार्थीलाई एक वर्षसम्मका लागि प्रतिबन्ध गरेको छ ।

ती दुई परीक्षार्थीले आउँदो एक वर्षसम्म बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने भएका हुन् ।

२२७४४३०१ र ३५५०००७६ क्रमांक भएका परीक्षार्थीलाई कारबाही गरिएको बोर्डले जनाएको छ ।

“निम्न क्रमांक भएका परीक्षार्थीहरूको चालु खण्ड परीक्षाका सम्पूर्ण विषय रद्द गरिनुका साथै थप एक वर्ष बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने कारबाही गरिएको छ,” बोर्डले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसै दिन बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वजनिक गर्ने क्रममा उक्त कारबाहीबारे जानकारी गराइएको हो ।


प्रतिकृया दिनुहोस्