Skip
आज : २०८३ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

करुणा कटुवाल बनिन् नेविसंघको अध्यक्ष

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १८ गते


Advertisement

१८ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघको अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन्।

सोमबार नेपाली कांग्रेसका सभापति गगन थापाले कटुवाललाई अध्यक्ष नियुक्त गरेका हुन्।

सभापति थापाले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४२ (१)(च)बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघको अध्यक्षमा कटुवाललाई नियुक्त गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

नवनियुक्त अध्यक्ष थापालाई नेविसंघको महाधिवेशन गर्ने जिम्मेवारी दिइएको छ।


प्रतिकृया दिनुहोस्