Skip

Hamro Sanchar

८ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १८८ दरखास्त स्वीकृत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १३ गते


१३ जेठ, काठमाडौं । विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढेको छ ।

सरकारले प्राप्त आवेदनमध्ये योग्य ठहरिएका दरखास्त स्वीकृत गर्दै छनोट प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएको हो ।

उपकुलपति पदका लागि कुल २१८ आवेदन परेकामा १८८ दरखास्त स्वीकृत भएको जनाइएको छ।

सरकारले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षिजनक विश्वविद्यालयका लागि उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाएको छ ।

‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार माग गरिएको आवेदनको मूल्यांकनपछि योग्य उम्मेदवारहरूको सूची स्वीकृत गरिएको छ ।

 


प्रतिकृया दिनुहोस्