Skip

Hamro Sanchar

धन र सुन नभएकोमा कुनै दुःख छैन : उषाकिरण तिम्सेना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ३० गते


३० चैत, काठमाडौं । नेकपा एमालेकी युवा नेतृ उषाकिरण तिम्सेनाले बालेन शाह नेतृत्व सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणमा सुनको परिमाण धेरै देखिएको विषयलाई लिएर टिप्पणी गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो बौद्धिक यात्रा र राजनीतिक चेतनाको चर्चा गर्दै विलासिताभन्दा विचार प्रधान रहेको टिप्पणी गरेकी छन्।

उनले लेखेकी छन्, ‘आफ्नो समयमा आन्दोलन गरेको र गणतन्त्र आएकोमा गर्व गर्छु। विचार-सिद्धान्त, इतिहास र समाजशास्त्र पढेकोमा मलाई कुनै पछुतो छैन। केन्द्रीय क्याम्पस, कीर्तिपुरको समाजशास्त्रको कक्षा मेरो लागि सबैभन्दा ठूलो सिकाइको केन्द्र हो, र त्रिवि मेरो लागि ज्ञान के हो, संसार के हो, विश्वव्यापीकरणले हामी कसरी थिचिएका छौ, कस्ता-कस्ता अन्तरसम्बन्ध छ समाजमा भनेर चेतना दिने मुख्य पाठशाला हो।’

उनले अगाडि लेखेकी छिन्, ‘मार्क्सवाद पढेर जे बुझियो, वर्ग संघर्ष, द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद र अतिरिक्त मूल्यको सिद्धान्त, यसले पुँजीवाद र समाज बुझ्न धेरै मद्दत गर्‍यो। आफूसँग धन नभएकोमा, सुन नभएकोमा कुनै दुःख छैनस नुनकै दुःख नहोस् भन्ने त लागिरहन्छ ।


प्रतिकृया दिनुहोस्